राजनीति

प्रचण्ड कोटेश्वरबाट सिधै बूढानीलकण्ठतर्फ


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । अहिले देउवा र प्रचण्डबिच वार्ता जारी छ । यसअघि एमालेबाट कारबाहीमा परेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न प्रचण्ड उनको निवास कोटेश्वर पुगेको थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शर्तसहित पार्टी एकताका लागि आह्वान गरेपछि नेपाल पक्ष धारणा बनाउन आन्तरिक छलफलमा रहेका बेला प्रचण्ड भेटघाटका लागि नेपाल निवास गएका थिए। नेपालसँगको भेटपछि प्रचण्ड सिधै देउवा निवास बूढानीलकण्ठ पुगेका हुन्। त्यसपछि देउवा निवास पुगेका हुन्।