Breaking

प्रचण्डलाई माओवादी मिलाउन लफडा, महासचिवमा जनार्दन–बर्षमानविरुद्ध देव गुरुङ!गोजीमा क–कसको नाम ?


काठमाडौँ — नेकपा माओवादी केन्द्रले आजपनि पदाधिकारी पाउन सकेन। महाधिवेशन सकिएको नौं महिनापछि नेतृत्वले पदाधिकारी टुंग्याउने बताएपनि बढ्दो आकांक्षीका कारण थप चयनको विषय थपसकसपूर्ण बनेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खल्तीबाट निस्कीने पदाधिकारीको नाम पर्खिन थालेको ९ महिना वित्यो ।

तर कसैको नाकमुख देखिएन ।पुसमा महाधिवेशन सम्पन्न गरेका प्रचण्डले शुक्रबार पार्टी पदाधिकारी र स्थायी समितिका बाँकी सदस्यकोनाम फुत्त खल्तीबाट निकाल्ने सबैको अपेक्षा थियो । तर नेताहरुको आकांक्षा र बढ्दो हानथापका कारण प्रचण्डले शुक्रबारपनि माओवादीलाई पदाधिकारीविहिन बनाएका छन् ।

अध्यक्ष प्रचण्डले के निर्णय गर्छन, कसलाई गर्छन र कहिले गर्छन कसैलाई थाहा छैन। प्रचण्डको पदाधिकारी कुर्दाकुर्दा माओवादीकै नेताहरु पनि आजित भएका छन् ।विशेषगरि पदाधिकारी चयनमा प्रचण्डलाई महासचिव छनोटको विषय महाभारत बनिरहेको छ ।बर्षमान पुन र जनार्दन शर्माको चर्चा चलिरहेका बेला प्रचण्डले एकाएक देव गुरुङलाई अघि सारेका छन् ।

पुन र शर्मामध्ये एउटालाई बनाउँदा अर्काे चिढ्ढीने बुझेका उनले तेस्रो व्यक्तिलाई ल्याएर विवाद समाधानको प्रयास गरेका हुन् । तर थप पाँच जना महासचिवको होडमा लागेपछि निर्णय गर्न थप समय लाग्ने भएको हो । किनकि पुन, शर्मा र गुरुङसहितगिरिराजमणि पोखरेल,पम्फा भुसाल, हरिबोल गजुरेल रशक्ति बस्नेतले पनि महासचिवकै आकांक्षा देखाएकै छन् । फलतः असार २३ को केन्द्रीय कमिटी बैठकमै गोजिमा पदाधिकारीको नाम छ भनेका प्रचण्डलाई अझै निकाल्न धौं परेको छ ।

पुसमै सम्पन्न महाधिवेशनबाट आफैले आफैलाई टिका लगाएर अध्यक्षमा घोषणा गर्दा हलले ताली बजाएर प्रचण्डलाई अनुमोदन गरेको थियो । त्यसयताअसारमा बसेको केन्द्रीय कमिटी बैठकमा दुई उपाध्यक्ष दिएका छन् ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरालाई अघि सारेका उनले अझैबाँकी उपाध्यक्षको टुंगो लगाउन सकस छ । तर प्रचण्डले सार्वजनिक नगर्दासम्म नाम चर्चामा रहेका नेताहरुसमेत ढुक्क छैनन् । कुनैपनि बेला प्रचण्डको गोजीमा रहेको नाम परिवर्तन हुनसक्ने डरले नेताहरु थुरथुर बनेका छन् ।