राजनीति

प्रचण्डको राजनीतिक दौडधुप तीव्र, माओवादीबाट मन्त्री छान्न सकस


काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटवार्तालाई तीब्र पार्नुभएको छ । सत्ता समिकरण मिलाउन सक्रिय प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग शनिबार छलफल गर्नुभएको छ ।


शनिबार बिहान देउवालाई भेटेपछि प्रचण्ड नेपालनिवास कोटेश्वर पुग्नुभएको थियो । माओवादीको पार्टी कार्यालय पेरिसडाडामा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीबाट मन्त्री छान्न सकस भइरहेको बताउनुभयो । सबै सांसद मन्त्रीको आकांक्षी भएकाले नाम टुंग्याउन समस्या भइरहेको उहाँले बताउनुभयो । मन्त्रीलाई अलिकति पनि तलमाथि गर्ने छुट नभएको उहाँले बताउनुभयो ।