Breaking

प्रकाशको शालिक ठडियो, प्रचण्डमाथि माओवादी नेताकै प्रहार, वीरेन्द्र र सेतुको शालिक ढल्यो, प्रकाशको उठ्यो


काठमाडौँ — स्वर्गिय प्रकाश दाहालको शालिक नुवाकोटको ककनीमा स्थापना गरिएपछि आलोचनाहरु सुरु भएका छन् ।

अन्यलाई बेवास्ता गर्दै प्रचण्डले आफ्नै सन्तानको शालिक बनाएको विषयमाथि उनकै पार्टीका नेताहरु सन्तुष्ट छैनन् । स्वर्गिय छोरा प्रकाश दाहालको शालिक अनावरण गर्दा प्रचण्ड केही भावुक देखिए ।नुवाकोटको ककनीमा छोराको शालिक बनाएर वा बनाउन लगाएर गरिएको अनावरणपछि सबै सफल सगरमाथा आरोहीलाई सम्मान मिलेको दाबी समेत गरे ।

प्रचण्डका कान्छा सन्तान हुन् साकार दाहाल प्रकाश । २०६६ मा सुरु भएको लुम्बिनी–सगरमाथा शान्ति अभियान अन्तर्गत २०६९ जेठ १३ गते बिना मगरसहित १२ जनाको टोलीले सगरमाथा सफल आरोहण गरेको थियो । २०७४ मंसिर ३ गते हृदयघातका कारण प्रकाशको निधन भयो ।उनको आरोहण योगदान स्वरुपले नेपाल पर्वातारोहण संघले ककनीमा शालिक बनाएर प्रचण्डलाई खुशी बनाएको हो ।

अनावरण लगत्तै गलत सन्देश जान्छ कि भन्ने आकलन गरेका प्रचण्ड काठमाडौं फर्किन नपाउँदै आलोचना खेप्न बाध्य बने । उनका आफ्नै पार्टीका नेताहरुले समेत प्रकाशको शालिकमाथि चित्त बुझाएका छैनन् ।शालिक अनावरणपछि नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले माओ र माओका छोराको प्रसंग झिक्दै सामाजिक सञ्जालमा आलोचना गरेका छन् । सारमा उनको आलोचनाको अर्थ थियो–‘कोरिया युद्धमा सघाउन गएका ५ लाख योद्धाहरुमध्ये ३० हजारमारिए ।

पछिल्लो समय पृथ्वीनारायणका शालिकहरु ढालिदै छ । पूर्वराजाहरुका शालिक देखि नसहने पात्रहरु यही समाजमा छन् । सेतु विक जस्ता शहिदकाशालिक पनि ढलिरहेका छन् ।अहिले पनि जनयुद्धका छर्रा बोकेर जीवन बाँचिरहेका योद्धाहरु सडकका चोक र गल्लीहरुमा भौतारिरहेका छन् । यस्तो अवस्थामा उनीहरुको अवमूल्यन गर्दै सीमित घेरामा रहनु आन्दोलनप्रतिको अपमान हो ।यदि अवस्था यही रहे प्रकाश सपूतको गीत जस्तै हुनेछ । ‘देश भन्नु त के रैछ र चार किल्लाको माटो,त्यही माटो नि उनकै मात्र जो छन् टाठोबाठो ।