Uncategorized

पूर्वसांसद अधिकारीको ८० वर्षको उमेरमा कोरोनाका कारण निधन


काठमाडौँ – नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ ।

८० वर्षीय अधिकारी विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायत रोगले ग्रसित थिए । जेठ २८ गते उनलाई कोभिड संक्रमण देखिएपछि मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो । उनको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ–काठमाडौं सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले जानकारी दिए ।

वि.सं. १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मिएका अधिकारी वि।सं। २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए ।