समाचार

पूर्वप्रधानमन्त्री खनालको मिर्गौला प्रत्यारोपण सफल


काठमाडौँ – एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ ।

केही समययता भारतको अपोलो हस्पिटल दिल्लीमा उपचाररत खनालको मृगौला प्रत्यारोपण सफल भएको हो । भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत् नेता खनालको आज सर्जन डा. सन्दीप गुलरिया नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको उनको निजी सचिवालयले जनाएको छ ।