देश

पूर्वआईजीको बारीबाट एभोकाडो चोर्ने १२ जना पक्राउ


काठमाडौँ – पूर्वआईजीको बारीबाट एभोकाडो चोर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। नयाँ बानेश्वर रहेको पूर्व आईजीपी मोतिलाल बोहराको निवास र अन्य १० ठाउँबाट एभोकाडो चोरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त टोलीले निगरानी गरेर समातेका हो। काठमाडौँमा केही समयदेखि विभिन्न स्थानमा एभोकाडो चोरी हुने घटना बढिरहेको सूचना प्राप्त भएको थियो । त्यसै सूचनालाई आधार मानेर प्रहरीले चोरी गर्ने गिरोहलाई खोजी गरिरहेको थियो।

पक्राउ पर्नेहरूमा रामेछाप र काभ्रेका युवाहरू रहेका छन्। उनीहरूले यसरी चोरी गरेको फल फलफूल पसलमा लगेर बेच्ने गरेको देखिएको छ।