खेलकुद

पीएम कप : बागमती सेमिफाइनलमा


काठमाडौँ — गण्डकी प्रदेशलाई पराजित गर्दै बागमति प्रदेश प्रधानमन्त्री कप (पीएम) टी–२० राष्ट्रिय प्रतियोगिताको अन्तिम ४ मा पुगेको छ ।

शनिबार भएको खेलमा बागमतिले गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । बागमती ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंक जोड्दै अन्तिम ४ मा पुगेको हो । बागमतिले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३ रनमात्र बनाउन सक्यो ।

कमल परियारले जोडेको ११ रन नै गण्डकीका लागि सर्वाधिक रह्यो । विधान श्रेष्ठ, दीपक डम्रे, सन्दीप क्षेत्री, गोविन्द विक र कप्तान विशाल पौडेलले समान १० रन जोडे । बागमतीका नन्दन यादव, विपिन आचार्य र सुवास खत्रीले २–२ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रनको योगफल तयार पारेको थियो ।

बागमतीका विपिन आचार्यले सर्वाधिक ३० रन बनाए। प्रतिश जि।सीले २७ रन थपे। उनले ८ बलमा ३ छक्का र २ चौका प्रहार गरे। ओपनर सुवास खकुरेल २७ रन जोडे । गण्डकीका कृष्ण पौडेल र विशाल पौडेलले समान २ विकेट लिए । समूह बी बाट एपिएफ ४ खेलमा अपराजित रहँदै अन्तिा ४ मा पुगिसकेको छ । समूह ए मा रहेको पुलिस ३ खेलमा अपराजित रहँदै ६ अंकमा समुह विजेता बन्दै अन्तिम ४ मा पुगिसकेको छ ।