राजनीति

पार्टीभित्रबाटै अस्थिरता पैदा गरियो : प्रधानमन्त्री ओली



काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट अस्थिरता पैदा गर्न खोजेको बताउनु भएको छ । पदीय आकांक्षाका लागि असाधारण अस्वस्थता सुरू भएको बताएका छन् ।
प्रधानमन्धीसमेत रहेका ओलीले बुधबार बालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र पदीय आकांक्षाका लागि असाधारण अस्वस्थता पैदा गर्ने कार्यमा केही व्यक्तिहरू जालझेल, षडयन्त्र, तिकडमका साथ गुटबन्दीमा क्रियाशिल भएको टिप्पणी गर्नुभएको छ ।

‘ पार्टीभित्र असहज वातावरणतर्फ लग्यो । २ बर्ष पूरा भइसकेपछि पर्टीभित्रैबाट राजीनामा माग्न हतारो । अरुको अविश्वास प्रस्ताव राख्ने हैसियत नभएको स्थितिमा राजीनामाको बबण्डर मच्चाउन खोजियो । अस्थिरता ल्याउने खेल सुरू भयो । त्यो खेल अब विरोधीहरूसँगको साँठगाठमा गयो । जे भेटिन्छ त्यसको प्रयोग गर्ने । जे प्रयोग गरेर झटारो हान्न सकिन्छ, पार्टीलाई कमजोर पार्न सकिन्छ त्यो गर्ने । यस खालका प्रयास हुदै आए ।’ बैठकमा ओलीले भन्नुभयो ।
पार्टीभित्रैको एक समूहले पार्टी कब्जा गर्ने उद्देश्य साथ आफूलाई साधारण सदस्यता पनि नरहने गरी निष्कासन गरेको ओलीले स्मरण गरे । बैठकमा ओलीले पार्टीभित्रैबाट अनावश्यक झमेला झिक्ने, संसदलाई प्रभावकारी हुन नदिने, विधेयकहरू बन्न नदिएर अल्झाउने काम भएपछि आफूले संसद विघटन गरेको उल्लेख गरे । प्रतिनिधिभा पुनस्स्थापनापछिको पहिलो दिनको संसद बैठकमा भएका क्रियाकलापको पनि उनले चर्चा गरे ।

ऐतिहासिक रुपमा अभूतपुर्वक ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण सरकार जनतामा लोकप्रिय हुँदै गएको ओलीको दावी छ ।