खेलकुद

पाएको अवसर चुकाउँदा स्पेन बराबरीमा रोकियो


काठमडौँ – युरो कपमा पोल्यान्ड र स्पेनको गेल बराबरीमा रोकिएको छ । स्पेनको सेभियास्थित स्टेडियो डे ला कार्जुजामा सम्पन्न समूह ‘ई’को खेलमा स्पेन र पोल्याण्ड १-१ को बराबरीमा रोकिएका हुन्।

यसअघिको खेलमा गोल निकै आलोचना खेपेका अल्भारो मोराटाले खेलको २४ औं मिनेटमा एक गोल गर्दै गोलमा स्पेनलाई अग्रता दिलाए । पहिलो हाफमा स्पेन एक गोलले अघि रहे पनि दोस्रो हाफमा पोल्याण्डले खेल बराबरीमा ल्यायो। पोल्याण्डका लागि खेलको ५४ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। खेलको ५८ औं मिनेटमा खेलमा अग्रता बनाउने अर्को अवसरमा स्पेन चुकेको थियो। स्पेनका जेरार्ड मोरोनो पेनाल्टीमा पाएको अवसरमा चुक्दा खेलमा राम्रो पकड बनाए पनि तीन अंक जोड्न फेरि पनि स्पेन असफल भएको छ।

यसअघिको खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेल्दै प्रतियोगिताको प्रमुख उपाधि दाबेदारमध्येको एक मानिएको स्पेनले निराशाजनक सुरुवात गरेको थियो। यो सँगै स्पेन समूह ‘ई’ मा दुई अंक जोडेर तेस्रो स्थानमा छ। तालिकाको शीर्षस्थानमा ४ अंक जोडेको स्वीडेन छ भने दोस्रो स्थानमा ३ अंक जोडेको स्लोभाकिया र तालिकाको पछारमा १ अंक जोडेको पोल्याण्ड छ।