विदेश

पाँच महिना एक्लै विमान उडाएर १९ वर्षीया महिला पाइलटले गरिन संसारभर यात्रा



काठमाडौँ –एक १९ वर्षीया महिला पाइलटले पाँच महिनाको चुनौतीपूर्ण यात्रा गर्दै एक्लै विमान उडाएर संसारभर यात्रा गरेकी छन् । यसरी उनी यस्तो गर्ने सबैभन्दा कम उमेरकी महिला बनेकी छिन् ।

जारा रदरफोर्डले खराब मौसमका कारण निर्धारित समयभन्दा दुई महिना ढिलो आफ्नो यात्रा पूरा गरिन् । उनको विमान आफ्नो लक्ष्य पूरा गरी बेल्जियमको कोर्टरिजक-वेभेलगेम अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्न सफल भयो।

सुपरलाइट विमानबाट गरेको यो यात्रामा उनी एक महिना अलास्काको नोम र ४१ दिन रूसको अयानमा फसेकी थिइन् । आँधीका कारण उनी कोलम्बियामा पनि बस्नुपर्ने भयो ।