देश

पाँचथरमा १२ वर्षीया किशोरी बाबुबाटै बलात्कृत


पाँचथर — पाँचथरकी १२ वर्षीया किशोरी बाबुबाट बलात्कृत भएकी छन् । सदरमुकाम फिदिम नगरपालिका ५ की ती किशोरी चैत २७ गते दिउँसो ४३ वर्षीय बाबुबाट बलात्कृत भएकी हुन् ।

घरमा कोही नभएका बखत बाबुले बलात्कार गरेको भन्दै किशोरीकी आमाले मंगलबार जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी राकेश थापाले जानकारी दिए । उनका अनुसार बलात्कारको अभियोग लागेका बाबु फरार छन् । किशोरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।