प्रदेश नं. २

पश्चिम राप्ती र बबईमा पानीको सतह खतरा तहमाथि


काठमाडौँ — पश्चिम नेपालका विभिन्न भू–भागमा वर्षा भइरहेको छ । भारी वर्षा हुँदा नदी तथा खोलामा बाढी आएको छ ।

बबई नदी जलाधारको चेपाङ, दाङ, घोराई, मनिकापुर र आसपास पछिल्लो ६ घण्टा भारी वर्षा भएको छ । बबई नदी चेपाङमा आकस्मिक बहाव भई जलसतहले खतरा तह पार गरेको छ । पानीको बहाव बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बबई तटीय क्षेत्र, दाङ, बर्दियाको डुवान भइरहने होचा स्थानमा हुनेहरू दिउँसो १ बजे सम्म सतर्क रहनु पर्ने महाशाखाले आग्रह गरेको छ ।

बाँकेस्थित पश्चिम राप्ती कुसुम जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । बहाव बढ्दो क्रममा रहेकाले राप्ती नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेहरूले दिउँसो १ बजेसम्म उच्च सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।