समाचार

पशुपति विकास कोषका करार कर्मचारी धर्नामा, राखे यस्तो माग (भिडियोसहित)


काठमाडौँ – बहिर्गमित पशुपति विकासकोषकाकर्मचारीहरुलआन्दोलनमाउत्रिएकाछन् । १० वर्ष देखि कामगर्दै आएका करारकाकर्मचारीको सम्झौताअनुसार असार मसान्तमाकामगर्न म्याद सकिएपछिपशुपतिविकासकोषले कामबाटनिकालेको थियो । तर, कर्मचारीहरुले कामगर्ने समय सकिएपनिम्यादथप गरेर पुनः रोजगारीको मागगर्दै उनीहरु धर्ना बसेकाहुन ।

रोजिरोटीको सुनिश्चितताखोज्दै करार कर्मचारीले पशुपतिविकासकोष अगाडिधर्ना दिएकाछन् । १० वर्ष देखि कामगर्दै आएका करार कर्मचारीहरुकोे म्याद सकिएपछिपुनःम्यादथप गरी रोजगारीको सुनिश्चितगर्न मागगर्दै धर्ना दिएकाहुन् ।

उनीहरुले बन्चित गरिएका कर्मचारीहरुलाई रोजगारी दिलाई हाजिर गर्न दिनु पर्ने र योजना लेखा,प्रशासन सरसफाई तथा सुरक्षाका सम्पुर्ण अस्थाई करार, ज्यालादारी कर्मचारीहरुलाई स्थायीगनुृ पर्ने माग गरेकाछन् । उनीहरुले कर्मचारीले आवश्यक पर्दा काम लिने तर अप्ठायारेमा जागरिबाट निकाल्ने कामभएको भन्दै असन्तुष्टी जनाएका छन् । १सय ५ जनामा ४० जनालाई पुनः रोजगारी दिएको तर, ६५ जनालाई रोजगारीविहीनबनाएको उनीहरुको गुनासो छ ।

यता पशुपति विकास कोषले भने २०७८ साल असार मसान्तमा कर्मचारीहरुको करार अवधि समाप्त भएकोे जनाएको छ । कर्मचारीहरुलाई पुनः रोजगारीमा नियुक्त गर्नको लागि परिषद् बैठक बस्नु पर्ने हुदाँ कर्मचारीको मागलाई सम्बोधनगर्न नसकेको कोषले जनाएको छ । उनीहरुको मागप्रति आफुहरु सकारत्मक रहेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा बताउछन् । बिनाजानकारी कामबाट निकालिएको भन्दै उनीहरुले २०७८ साउन १ गते देखियताको पनि पारिश्रमिक तथा सेवा सुविधा भुक्तानीगर्न समेत माग गरेकाछन् ।