पर्यटन

पर्वातारोहीको कल्याण कोषमा १० प्रतिशत रकम छुट्याउछौँ : पर्यटनमन्त्री आले


काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्वातारोहीको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउने बताउनु भएको छ । बुधबार कोभिड १९ बाट प्रभावितहरुको सहयोगका लागि आयोजित कार्यक्रममा मन्त्री आलेले पर्वातारोहीको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउने बताउनु भएको हो ।

उहाँले पर्वतारोहीहरुकै कारण देश चिनिएको बताउँदै यसअघिका मन्त्रीहरुले पर्वतारोहीहरुको कल्याण कोषमा उक्त रकम नछुट्याउनु मन्त्रीहरुको दोष भएको बताउनु भयो । उहाँले कोरोना भाइरसका कारण नेपाली पर्यटन क्षेत्रलाई ठूलो असर परेको भन्दै यसबाट मुक्ति पाउन अझै केही समय लाग्ने बताउनु भयो ।

मन्त्री आलेले नेपाल एयरलाइन्सलाई विगतदेखि नै खाने भाँडो बनाएको भन्दै सरकारको ध्वजाबाहक एयरलाइन्सभित्र रहेका फोहोर सफा गर्दा आफैँ हैरान बनेको बताउनु भयो ।