देश

परीक्षा स्थगितको कुनै निर्णय भएको छैन, भ्रममा नपरौँ : परीक्षा बोर्ड


काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगितको कुनै निर्णय नभएको भन्दै भ्रममा नपर्न विद्यार्थीहरुलाई आग्रह गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले भन्नुभयो, ‘अहिलेसम्म परीक्षा स्थगित गर्ने निर्णय भएको छैन । विद्यार्थी अन्योलमा नपर्न अनुरोध गर्न चाहन्छु ।’

कक्षा १२ को परीक्षा हुन अझै दुई हप्ता बाँकी रहेकाले परीक्षाबारे अहिले नै निर्णय गर्न नसकिने उहाँले बताउनुभयो । अहिले सञ्चालन भइरहेको परीक्षा नियमित हुने र तयारी भइरहेका बाँकी परीक्षाहरु पनि तोकिएको समयमा नै हुने उहाँको भनाइ छ ।