राजनीति

परराष्ट्रमन्त्री खड्काले यूएन महासभालाई आज सम्बोधन गर्दै


काठमाडौँ – अमेरिकामा जारी संयुक्त राष्ट्रसंघ (यूएन) को ७६औं महासभालाई परराष्ट्रमन्त्री नारायण खड्काले आज (मंगलबार) सम्बोधन गर्ने भएका छन् ।

आज दर्जन मुलुकसहित नेपालका प्रतिनिधिले पनि सम्बोधन गर्ने भएका हुन् । सभामा सहभागी हुन परराष्ट्रमन्त्री खड्का पदमा नियुक्ति भएकै दिन न्युयोर्क प्रस्थान गरेका थिए ।