राजनीति

पदभार ग्रहण गरेकै दिन मुख्यमन्त्रीले गरे दुई निर्णय


काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदभार ग्रहण गरेलगत्तै दुईवटा निर्णयहरु गरेका छन् ।

शनिबार बेलुका उनले मनसुन सुरु भएसँगै विपद्बाट हुन सक्ने जनधनको क्षति कम गर्न प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेका छन् । यस्तै, महिलाहरुको स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

शनिबार प्रदेश प्रमुखबाट शपथ लिएसँगै उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण गर्दै मुख्यमन्त्री पोखरेलले आफूलाई सहयोग गर्ने दल र प्रदेशसभा सदस्यहरुलाई धन्यवाद दिए । यस्तै, उनले प्रदेशको समग्र विकास आफ्नो ध्यानकेन्द्रित हुने पनि बताए ।