Breaking

पथरी–उर्लाबारी सडक खण्डको नियती, खाल्डाखुल्टी मर्मत नहुँदा दैनिक दुर्घटना


पूर्व–पश्चिम महेन्द्र राजमार्ग स्थित पथरी–उर्लाबारीबीचको सडक खण्डमा खाल्डाखुल्टीको मर्मत नहुँदा दैनिक दुर्घटना बढ्दै गएको छ । मोरङको उर्लाबारी नगरपालिकामा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्ड ६/७ महिनादेखि पिच गरिएको ठाउँमा भएका खाल्डाखुल्टी नपुर्दा सवारी र यात्रुहरुले सास्ती व्यहोर्दै आउनुपरेको हो ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थ्ति पथरी–उर्लाबारीबीचको सडक खण्डमा खाल्डाखुल्डीका मर्मत नहुँदा दैनिक दुर्घटना हुने गरेको छ । ७ महिना अघिदेखिको समस्या समाधानमा सम्बन्धीत निकायले चासो नदेखाउँदा यात्रुहरु दैनिक दुर्घटनामा पर्ने गरेका छन् । खाल्डाखुल्टीकै कारण दुर्घटना हुँदा ठूलो क्षति हुने गरेको छ । दैनिक हिँड्ने चालकहरु यस क्षेत्रमा त्राहीत्राहीबीच सवारी गुडाउनुपरेको गुनासो गर्छन ।

उक्त बाटो हुँदै दैनिक प्रदेश सरकारका सांसद, मन्त्री र मुख्यमन्त्री हिँड्ने गर्दछन् । तर उनीहरु सडकको यो दुर्दशा देखेर पनि नदेखेझै गर्ने गर्दैछन् । यता बाटो भत्किएकै क्षेत्र उर्लाबारी ३ मंगलबारेमा सडक विभागको कार्यलय छ । तर सडको अवस्था न सांसदले देख्छन् न त सडक विभागले नै हेर्छ । कार्यलय परिसरमा सडक आसपास राखिने ठूलठूला बोर्ड र कार्यलयको अवस्था भने झारै झारले भरिएको र माकुराको जलै जालोले भरिएको छ । कार्यलय नामको मात्रै रहेको स्थानीय बताउँछन् ।

देशकै मुख्य बाटोको अवस्था यस्तो हँुदासम्म पनि कुनै पक्षबाट चासो दिएको देखिँदैन । दैनिक हजारौंको संख्यामा गाडी गुड्ने बाटोको यो अवस्थाले स्थानीयहरु हरेक दिनजसो सडक दुर्घटनामा हुने गरेको बताउँछन् । यही बाटो भएर धेरै यातायात जिल्लाको सदरमुकाम विराटनगर र देशको संघीय राजधानी काठमाडौ जाने गरेका छन् । यही बाटोमा ठाउँठाउँमा पटके कर र ट्राफिक चेकिङ हुन्छ । तर बाटोले भने मर्मतसम्म पाएको छैन । महिनौंदेखि साना सवारी फस्ने खाल्डाखुल्टी हुँदासम्म तीनै तहका सरकार मौन छन् ।