कोरोना विशेष

पछिल्लो २४ घन्टामा देशभर २०३ जनामा कोरोना संक्रमण


काठमाडौँ — पछिल्लो २४ घन्टामा देशभर २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २०३ जनामा संक्रमण पुष्टि भएको हो । ५ हजार ५९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

एक हजार ३०० जनाको पिसिआर र तीन हजार ७५९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर २२३९ जना सक्रिय संक्रमित छन् । १२६ जना संक्रमित निको समेत भएका छन् ।