कोरोना विशेष

पछिल्लो २४ घण्टामा ८१५ जना कोरोना संक्रमित ५ जनाको मृत्‍यु


काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्‍यु भएको छ भने थप ८१५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४११ जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । यस्तै बिहीबार कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ ।