कोरोना विशेष

पछिल्लो २४ घण्टामा थपिए १ हजार ३६ कोरोना संक्रमित, ५ को मृत्यु


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ६२६ पीसीआर परीक्षणमा १ हजार ३६ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ७ लाख ८६ हजार ५७७ पुगेको छ ।

२४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने २१ हजार ५२४ रहेको छ । हालसम्म पीसीआर परीक्षण संख्या ४१ लाख १३ हजार ५१२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८३० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । मंगलबार देशभर गरी १ हजार ८३० जना कोरवना निको भएर डिस्चार्ज भएका हुन् । यो सँगै नेपालमा निको हुनेको संख्या ७ लाख ५४ हजार पुगेको छ ।