बिजनेस

नेप्से परिसूचक ६० अंकले बढ्यो, कारोबार रकममा भने देखिएन उल्लास


काठमाडौँ – साताको चौथो कारोबारको दिन (बुधबार) नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से ६० दशमलव ५६ अंकले बढेर २ हजार ५७१ दशमलव ६६ को विन्दुमा पुगेको छ । आज सबै उपसुचक बढेका छन् । आज सबैभन्दा धेरै फाइनान्स उपसुचक ५ दशमलव ८१ प्रतिशतले बढेको छ ।

आज दिनभरिमा २१७ वटा कम्पनीको ६१ करोड १ लाख ४१४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ९० लाख २८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज सबैभन्दा धेरै एनआइबिएल प्रगति फण्डका इकाईधनीले गुमाएका छन् ।