बिजनेस

नेप्से परिसूचक १२ अंकले बढ्दै हाल सम्मकै उच्च विन्दुमा, १५ अर्बमाथिको कारोबार


काठमाडौँ – नेपाली शेयर बजार परिसूचक नेप्सेमा बुधवार पनि नयाँ कीर्तिमानी कायम भएको छ । साताको चौथो दिन पनि नेपाली शेयर बजार मापक नेप्से १२ दशमलव शून्य पाँच अंकले बढेर तीन हजार एक सय २३ दशमलव १५ विन्दुमा पुगेको छ । यो इतिहासकै उच्च विन्दु हो । जलविद्युत् समूहको शेयरमा उत्साह कायम रहदा आज समग्र बजारमा सुधार देखियो ।

बुधवार जलविद्युत् समूहको शेयर एक सय ९४ अङ्कले बढेको छ । आज दुई सय २५ कम्पनीका दुई करोड ८८ लाख १३ हजार कित्ता शेयर १५ अर्ब ५९ करोड ५७ लाख रुपैयाँमा किनबेच भएका छन् । आज अपी पावरको झन्डै ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

बुधवार अपी पावर, दिव्यश्वरी हाइड्रो, खानीखोला हाइड्रो, कालिका पावर, माथिल्लो तामाकोशी, युनियन लाइफ र जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढेपनि ङादी ग्रुप पावर कम्पनीको शेयर सबैभन्दा धेरै झण्डै साढे पाँच अंकले घटेको छ ।