बिजनेस

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा, १३ अर्बमाथिको कारोबार


काठमाडौँ – साताको चौथो कारोबारको दिन बुधबार पनि नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १५.३० अंकले बढेर ३ हजार ९४ दशमलव ९४ विन्दुमा पुगेर थामिएको छ । नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार दिनभर भएका १ लाख २८ हजार ७८० कारोबारबाट २१९ कम्पनीका २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर किनबेच भएको छ । जसबाट कारोबार रकम १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँ पुगेको छ ।

कारोबार रकम मंगलबारको भन्दा करिब २ अर्ब रुपैयाँ कम हो । आज व्यापार समूहको शेयर १६ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको ४८ अङ्कले, होटल समूहको दुई सय ५७ अङ्कले, फाइनान्स समूहको ७०, माइक्रो फाइनान्स समूहको ३७, अन्यको २०, जीवन बीमा समूहको चार सय ३१ र निर्जीवन बीमा समूहको शेयर चार सय ४९ अङ्कले बढेको छ ।

आज नारायण विकास बैंक, चन्द्रागिरि हिल्स र मल्टिपर्पोज फाइनान्सको शेयर सबैभन्दा धेरै १० प्रतिशतका दरले बढेको छ । समग्र बजार बढे पनि पञ्चकन्यामाई हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।