बिजनेस

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, १५ अर्बमाथिको कारोबार


काठमाडौँ – साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २९.२४ अंकले बढेर ३ हजार ७९ दशमलव ६७ अंकमा पुगेर थामिएको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । मंगलबार बैंकिङ, व्यापार, होटेल र पर्यटन तथा अन्य समूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४.७४ र जलविद्युत समूहको परिसूचक ३.७५ प्रतिशतले बढेको छ ।

मंगलबार कुल २२५ कम्पनीको १ लाख ४१ हजार ६ सय ५२ कारोबार भयो । यी कारोबारबाट कुल ३ करोड २३ लाख ५५ हजार २ सय ६० कित्ता सेयर किनबेच भएको छ । मंगलबार कुल १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६ सय ४३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कुल १४ कम्पनीको मूल्य सर्किट लेवलमा बढेको छ । धेरै कमाउनेमा मल्टीप्रपोज फाइनान्स, खानीखोला हाइड्रोपावर, यूनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डभलपर्ससहितका कम्पनीको मूल्य १० प्रतिशत भन्दा बढीले बढेको छ । सर्पोट माइक्रोफाइनान्स, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थासहितका कम्पनीको मूल्य भने बढी घट्नेमा रहृयो ।