बिजनेस

नेप्से परिसूचकमा ६१ अंकको गिरावट, कारोबार रकममा पनि देखिएन उल्लास


काठमाडौँ – साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ६१ दशमलव २७ अंकले घटेर २ हजार ७ सय ५८ दशमलव २८ अंकमा आइपुगेको हो । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि घटेको छ ।

शेयर कारोबार रकममा पनि आइतबार खासै उल्लास देखिएन । ठूलो माग नहुँदा बिक्रीमा चाप समेत देखिएन । जसकारण कारोबार बन्द हुँदासम्म ६ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ । समूहगत रुपमा हेर्दा सबै समूहका सबइन्डेक्सहरु घटेर राताम्मे देखिएका छन् ।