बिजनेस

नेप्से परिसूचकमा नयाँ रेकर्ड, ११ अर्बमाथीको कारोबार


काठमाडौँ – साताको तेस्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको छ । आज नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक मंगलबार २६.०२ अंकले बढेर ३ हजार १११ विन्दुमा पुगेको हो । मंगलबार कारोबारमा आएका २२३ कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार पञ्चेश्वर पावर कम्पनी लिमिटेड र रूरू जलविद्युत परियोजनाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । भने जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी र स्वावलम्बन लघुवित्तको शेयर मूल्य झण्डै १० प्रतिशत वृद्धि भएको छ ।

मंगलबार सबैभन्दा धेरै अपी पावर कम्पनीको शेयर कारोबार भएको छ। अपी पावरको ४६ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।