बिजनेस

नेप्से परिसूचकमा उच्च अंकको गिरावट, कारोबार रकममा पनि देखिएन उल्लास


काठमाडौँ — साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक उच्च अंकले घटेको छ । सोमबार नेप्से ७३ दशमलव ०५ अंकले घटेर २ हजार ६ सय ८५ दशमलव ४२ विन्दुमा थामिएको छ । यो अघिल्लो दिनको तुलनामा २ दशमलव ६५ प्रतिशतले कम हो । यस्तै आज सेन्सेटिभ परिसूचक १२ दशमलव ९४ अंकले घटेर ५०६ दशमलव ३३ बिन्दुमा पुगेको छ ।

यसदिन २२७ कम्पनीका १ करोड सात लाख ४८ हजार ६८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १२ करोड नौ लाख ७३ हजार ९६ रुपैयाँको कारोबार भएको छ । आज १३ वटै उपसमूहको मूल्यमा गिरावट आएको छ । सबैभन्दा धेरै फाइनान्स ४ दशमलव ५३ प्रतिशतले घटेको छ ।