बिजनेस

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम भने १६ अर्ब नाघ्यो


काठमाडौँ – साताको अन्तिम कारोबारको दिन विहीबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ ।
नेप्सेका अनुसार आज शेयर बजार १.८० अंकले घटेर दुई हजार नौ सय ४४ दशमलब ७८ विन्दुमा थामिएको छ ।

त्यस्तै, आज १६ अर्ब १ करोड बराबरको कारोबार भएको छ । २२० वटा कम्पनीको कारोबार भएकोमा ८४ वटा कम्पनी मात्र बढेका छन् । आज कारोबार भएका १३ समूहमध्ये सात वटा समूह घटेका छन् भने अन्य छ समूह बढेका छन् ।