समाचार

नेप्सेमा फेरि पनि गिरावट


साताको दोस्रो दिनको कारोबारमा नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ ।

आइतबारको कारोबारमा करिब १०० अंकले बढेको नेप्से सोमबार ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१३ अंकले घटेको छ ।

सोमबार कारोबारमा आएका २३९क कम्पनीको ५० लाख ४७ हजार कित्ता शेयर २ अर्ब ४ करोड २२ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकममा समेत गिरावट आएको छ ।