बिजनेस

नेप्सेमा पहिरो : एकैदिन सूचक ११४ अंकले घट्यो


काठमाडौँ – साताको पहिलो कारोबारको दिन सोमबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ । सोमबार नेप्से १ सय १४ दशमलव ०२ अंकले घटेर दुई हजार ६ सय ९८ दशमलव २४ विन्दुमा झरेको हो । आज कारोबार भएका सबै समूहको शेयर घटेर राताम्मे भएको छ ।

आज दुई सय २५ वटा कम्पनीको शेयर कारोबार भएकोमा नौ वटा कम्पनीबाहेक सबै अर्थात् दुई सय १६ वटा कम्पनीको शेयर ओरालो लागेको छ । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्र बजार राताम्मे हुँदा पनि मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज एक करोड ७३ लाख कित्ता शेयर आठ अर्ब ४९ करोड ३४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ४० करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।