बिजनेस

नेप्सेमा दोहोरो अंकको गिरावट


काठमाडौँ – साताको चौथो कारोबारको दिन बुधवार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।
नेप्सेका अनुसार आज शेयर बजार १३.५६ अंकले घटेर दुई हजार नौ सय ४६ दशमलब ५८ विन्दुमा थामिएको छ । त्यस्तै, आज १६ अर्ब ९९ करोड ७० लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका समूहमध्ये सात वटा समूह बाहेक अन्य समूह बढेका छन् भने १० वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज बजार घटेपनि १० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।