बिजनेस

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो


काठमाडौँ – साताको अन्तिम कारोबारको दिन विहीबार नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । विहीवार नेप्से परिसूचक १४ दशमलव ७० अंकले घटेर २ हजार ५५६ दशमलव ९५ विन्दुमा झरेको छ । त्यस्तै आज कारोबार रकममा पनि गिरावट छ ।

आज दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कूल २१६ वटा कम्पनीका ६१ लाख छ हजार ४५२ कित्ता सेयर ३६ हजार ७६२ पटक किनबेच भएका थिए । आज मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको कारोबारमा सकारात्मक सर्किट लागेको छ । जोसी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ५ दशमलव ८७ प्रतिशतले गुमाएका छन् ।

त्यस्तै सानिमा बैंक लिमिटेडको सेयर सबैभन्दा धेरै २७ करोड १२ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज म्युचुअल फण्ड र अन्य उपसमूहबाहेक सबै उपसमूहको परिसूचक घटेको छ।