बिजनेस

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकममा पनि देखिएन उल्लास


काठमाडौँ – साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से ७२ दशमलव ३० अंकले घटेर दुई हजार ५ सय १३ दशमलब ८९ विन्दुमा थामिएको हो ।

त्यस्तै, आज कारोबार रकममा पनि खासै उल्लास देखिएको छैन । आज ४ अर्ब ९ करोड ७ लाख बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार नेप्सेमा उच्च गिरावट भए पनि आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा न्यादि हाइड्रोपावर लिमिटेड रहेको छ ।

त्यस्तै, आज आईसीर्एफसी फाइनान्स र सबैको लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ ।