बिजनेस

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकममा पनि देखिएन उल्लास


काठमाडौँ – मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि लगातार जसो घटेको नेपाली शेयर बजार आज विहीबार पनि उच्च अंकले घटेको छ । साताको पहिलो दिन आइतबार ८० अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबारसम्म आइपुग्दा ५ अंकले बढेर सुधारको संकेत देखाएको थियो । तर साताको अन्तीम दिन आज त्यो क्रम जारी रहेन ।

बिहीबार नेप्से परिसूचक ४७ अंकभन्दा बढीले घट्दा २ हजार ६ सय भन्दा तल झरेको छ । नेप्से परिसूचक २ हजार ५ सय ८६ दशमलव १९ अंकमा झरेको छ भने कारोबार रकममा पनि उल्लास देखिएन ।

दिनभर भएका ४७ हजार ८ सय ६४ कारोबारबाट २३१ कम्पनीका ७९ लाख ३२ हजार ७ सय ३१ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँमा रोकिएको छ ।