देश

नेपाल स्काउटले निकाल्यो साइकल यात्रा


काठमाडौँ – विश्व शान्तिको कामना गर्दै नेपाल स्काउटले आज काठमाडौँमा ‘सम्पदा साईकल यात्रा’ निकालेको छ । अन्तराष्ट्रिय शान्ति दिवसको अवसर पारेर काठमाडौं उपत्यका भित्र रहेका सम्पदाहरु बुढानिलकण्ठ मन्दिर, बौद्ध स्तुपा, पशुपतिनाथ, स्वयम्भू, पाटन दरबार र भक्तपुर दरबार क्षेत्रबाट शनिबार बिहान एकैसाथ विश्व शान्तिको कामना गर्दै ‘सम्पदा साईकल यात्रा’ निकालिएको हो ।

युवाहरुसहितको सहभागितामा विश्वमा शान्तिको सन्देश दिने उद्देश्यले बुद्धको जन्मस्थल नेपालमा पनि सो साईकल यात्रा आयोजना गरिएको स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जानकारी दिनु भयो । उहाँले आफूहरुले नेपाल स्काउटलाई स्थापित संस्थाको रुपमा विकास गर्न सफल भएको दावी समेत गर्नु भयो । काठमाडौंको बसन्तपुरमा एक कार्यक्रममा बीच सो साईकल यात्राको समापन गर्दै संयोजक भण्डारीले हरेक नेपालीको घरघरमा पुगेर सेवा दिने गरी यसको संयन्त्रको निर्माण गरिएको पनि बताउनु भयो ।

साईकल यात्रामा निस्केकाहरुले नेपालको राष्ट्रिय झण्डा र शान्तिको सन्देश विश्वमा फैल्याउने सन्देश दिने खालका टिसर्ट प्रर्दशन गरेका थिए ।