देश

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त


काठमाडौँ – नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त हुनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवस्तरीय निर्णयबाट बैद्यलाई निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गरिएको हो । मन्त्रालयबाट टेलिकमलाई उक्त नियुक्तिसम्बन्धी पत्र १८ पुसमा प्राप्त भएको टेलिमले जनाएको छ ।

मन्त्रालयले प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएकोमा प्रक्रिया सम्पन्न भइनसकेकाले सचिवस्तरको बैठकबाट निमित्त प्रबन्ध निर्देशक नियुक्त गरिएको हो ।

वैद्यले कम्पनीको नायब प्रबन्ध निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आउनुभएको थियो ।