अर्थनीति

नेपाली श्रमिक लैजान दक्षिण कोरियाले राख्यो यी ३ सर्त


काठमाडौँ – कोरोना संक्रमणको सुरुवातसँगै रोकिएको रोजगारी नियमित गर्न दक्षिण कोरियाले नेपालसामु सर्त राखेको छ । नेपाली श्रमिक लैजान दक्षिण कोरियाले तीन वटा सर्त राखेको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताउनुभयो ।

नेपालबाट सीधै कोरिया उडान हुनुपर्ने, त्यहाँ पुगेर कोरोना बिमा गर्नु पर्ने र त्यहाँ श्रमिकले आफ्नै खर्चमा क्वारेन्टिन बस्नु पर्ने सर्त दक्षिण कोरियाले राखेको हो । यी सर्त पुरा गर्ने भएमा श्रमिक लैजाने प्रक्रिया अगाडि बढाउने कोरियाले बताएको महानिर्देशक दवाडीले बताउनुभयो ।

यस विषयमा निर्णय गर्न विभागले केही दिनपहिले नै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा फाइल पठाइसकेको छ ।