अर्थनीति

नेपाली शेयर बजार सुचक नेप्सेमा ७९ अंकको सुधार



काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रोे दिन आज आज पनि उच्च अंकको सुधार आएको छ ।

नेप्से आज ७८ दहमलव ८२ अंकले बढेर दुई हजार ७ सय ५१ दशमलब ७ विन्दुमा पुगेको छ । सोमबार पनि नेप्से ८७ दशमलव ६३ अंकले बढेको थियो । त्यस्तै, आज नेप्सेसंगै कारोबार रकममा पनि बृद्धि भएको छ । आज नेप्सेमा ६ अर्ब ३१ करोड ८३ लाख बराबरको कारोबार भएको छ । सोमबार ४ अर्ब ३० करोड ८८ लाख बराबरको कारोबार भएकोे थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, १३ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने २ कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ । आज कारोबार भएका २० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएका छन् । जसमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् ।