देश

नेपाली विद्यार्थीको आविष्कार : फोर ह्विलर मोबिलिटी व्हीलचेयर, कच्चीबाटोमा पनि गुड्ने


काठमाडौँ – नेपालमा प्रविधिको प्रयोग र माग दुवै बढ्दो छ । प्रविधिको विकाससँगै नेपाली युवा विद्यार्थीहरुको विभिन्न खोज र अनुसन्धानबाट पृथक र प्रविधिमैत्री विभिन्न वस्तुहरुको आविष्कार समेत हुँदै आएको छ । सरकार र सरोकारवालाको वेवास्ताका कारण विद्यार्थीको उत्पादनलाई उपभोक्तासम्म पु¥याउन भने सकस देखिएको छ । यो हो सफ्टवेरिका कलेजका विद्यार्थीहरुले हामीले नियमित रुपमा देखेको वा प्रयोग गरिरहेको व्हीलचेयर भन्दा फरक व्हीलचेयर तयार पारेका छन् । जसको नाम हो, फोर ह्विलर मोबिलिटी ।

सफ्टवेरिका कलेज स्नातक तहका विद्यार्थी आयुष काजी डङ्गोलसहितको समूहले तयार पारेको उक्त व्हीलचेयर गाडी जस्तै गुडाउन सकिन्छ । कच्चीबाटोमा समेत राम्रोसँग चलाउन सकिन्छ । विद्युत्बाट चल्ने ४८ भोल्ट ब्याट्री भएको यो व्हीलचेयर फुल चार्जमा ३५ देखि ४० किलोमिटर सम्म गुड्नसक्छ भने १७ किलोमिटर प्रति घण्टाको हिसाबले गुड्छ ।

अपाङ्गता दिवसको अवसर पार्दै कलेजले आयोजना गरेका ’नेपाल आईओटी च्यालेन्ज’ प्रर्दशनीमा राखिएको यो हीलचेयरमार्फत अपाङगता भएको व्यतिmहरु स्वतन्त्र रुपले हिँडडुल गर्न पाउने विद्यार्थीहरुको विश्वास छ । यसलाई इन्टरनेटको सहायतामा मोबाइल एप्लिकेसनबाट पनि चलाउन सकिन्छ । प्रयोगकर्ताले मोबाइल एपको प्रयोग गरेर गाडी चलाउने,लोकेसन पत्ता लगाउनेछ ।

प्रयोगकर्ता कतै हराए वा कतै गएर व्हीलचेयर रोकिए पनि एपले इमर्जेन्सीमा भएको नम्बरमा स्वतः प्रयोगकर्ताको लोकेसन पठाउँछ । इन्टरनेट नभएको ठाउँमा इमर्जेन्सी बटनमा क्लिक गरेपछि प्रयोगकर्ताको लोकेसन म्यासेज स्वतः इमर्जेन्सी कन्ट्याक्टमा राखिएको नम्बरमा आउँछ । अहिले बजारमा पाउने र अधिकांश व्हीलचेयर प्रयोगकर्ताले प्रयोग गर्ने व्हीलचेयर गुडाउन सहयोगीको आवश्यकता पर्छ ।

उतm व्हीलचेयरलाई बजारीकरण गर्न सके अपांगता भएका व्यतिmहरुको लागि एकदमै उपयोगी हुने नियमित रुपमा व्हीलचेयर प्रयोग गर्ने व्यतिmहरुको विश्वास छ । अहिले प्रयोग भईरहेका हीलचेयर भन्दा विल्कुलै फरक र सहज हुने उनीहरुको धारण छ । प्रविधिमार्फत हाम्रो दैनिकीलाई कसरी सहजता प्रदान गर्न सकिन्छ भन्ने खोजमार्फत फोर ह्विलर मोबिलिटी व्हीलचेयरलाई आविष्कार केन्द्रसँग समन्वय गर्दै भविष्यमा उत्पादनका रुपमा अगाडि बढाउने कलेजको भनाइ छ ।

प्रर्दशनीमा विद्यार्थीहरुले निर्माण गरेका ड्रोन, स्मार्ट होम, विद्युतिय सवारी, अटोनोमस सवारी, ट्राफिक म्यानेजमेन्ट सिस्टम, स्मार्ट एग्रिकल्चर, स्मार्ट पार्किङ, फ्लड डिटेक्सन, स्मार्ट सेक्युरिटी, फायर कन्ट्रोल रोबोट आदी राखिएका छन् । यस्ता आविष्कारहरुलाई उत्पादनसम्म पु¥याउन सरकार साथै सरोकारवालाको ध्यानकर्षण भए परनिर्भर रहेको नेपाली बजारमा टेवा पुग्नेमा दुईमत छैन ।