समाचार

नेपाली भाषामा अनुवाद गरिएको ‘बोधिचर्यावतार’ पुस्तक विमोचन


काठमाडौँ – नेपाली भाषामा अनुवाद गरिएको ‘बोधिचर्यावतार’नामक पुस्तक एक समारोहकाबीच विमोचन गरिएको छ । टीका शेर्पाद्वारा अनुवादक गरिएको आचार्य शान्तिदेव विरचित‘बोधिचर्यावतार’नामक पुस्तकको विहिबार विमोचन गरिएको हो ।

काठमाडौँमा भएको सो विमोचन कार्यक्रममा पुस्तक विमोचनसगैँ आचार्य शान्तिदेव विरचितको महत्वर विशेषताका बारेमा समेत चर्चा गरिएको थियो । पुस्तकमा बोधिसत्वहरुले सिक्नुपर्ने शिक्षा र गर्नुपर्ने आचरणहरुको बारेमा सु–स्पष्टक रुपमा व्यक्त गर्नुका साथै षड्पारमिता सम्बन्धी गुण तथा दोषहरुको समीक्षा,पारमिताहरुको स्वरुप, भेद,लक्षण, विशुद्धि र फलको बारेमा वर्णन गरिएको थियो ।

भोटभाषामारहेकोबौद्ध धर्मालम्बीको महत्वपूर्ण दर्शन अर्थात आचार्य शान्तिदेव पुस्तकबौद्ध धर्ममा आस्था राख्ने र धर्म अध्ययन गर्न चाहनेलाई सरल नेपाली भाषामा बुद्धवचन अनुवाद समिति नेपालका अध्यक्ष टिका शेर्पा (थुप्तेन काल्साङ)लेअनुवाद गरिएको हो ।

अनुवादक शेर्पालेसो पुस्तक आफुले पैसाको लागि भन्दापनि समुदायको निम्ती र भावी सन्ततीहरुलाई आचार्य शान्तिदेव ‘बोधिचर्यावतार’को बारेमा विस्तृतरूपमा जान्ने मौका रहेको बताउनुभयो । अध्ययन अनुसन्धानको लागि यो पुस्तक महत्वपुर्ण रहेको समेत अनुवादक शेर्पाले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि खेन् रिन्पोछेले पनि सो पुस्तक अरु पुस्तकभन्दा फरकरहेको र लेखकले गरेको काम अत्यन्त सरहानिय भएको तर्क समेत व्यक्त गर्नुभयो ।

कार्यक्रम विभिन्न संघ संस्थाका प्रतिनिधी, धर्मगुरुहरु, बुद्दिजीबि र पत्रकारहरुको उपस्थितिमा उक्त पुस्तकको बिमोचन गरिएको थियो ।