पर्यटन

नेपालसहित ६० बढी देशका पर्यटकलाई थाइल्याण्ड प्रवेशमा अनुमति


काठमाडौँ – थाइल्याण्डले नेपालसहित ६० भन्दा बढी देशका पर्यटकहरूलाई प्रवेश अनुमति दिएको छ । थाइल्याण्डले कोभिड–१९ का कारण १८ महिनासम्म प्रतिबन्धमा रहेका देशहरुलाई प्रवेश दिने निर्णय गरेको हो ।

प्रतिबन्ध खुल्ला गरिएपछि आजै दशौँ हजार पर्यटकहरूको आगमन हुने अपेक्षा गरिएको छ । ‘कम जोखिम’ भएका ६३ देशका खोप लगाएका पर्यटकहरूलाई प्रवेश अनुमति दिएकोे थाइल्याण्डले होटल क्वारेन्टिनलाई पनि हटाएको बीबीसीले जनाएको छ ।