समाचार

नेपालमा लागुपदार्थ दुर्व्यसनी चुनौती बन्यो : गृहमन्त्री खाँण


काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागुपदार्थ दुर्व्यसनी चुनौतीको रूपमा अघि बढिरहेको बताएका छन् ।

आइतबार काठमाडौँमा भएको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसरारविरुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् । उनले लागुपदार्थ दुर्व्यसनीका कारणले समाजलाई गम्भीर असर पारेको पनि बताए ।

मन्त्री खाँणले लागुऔषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको बताए । युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने कुरा सरकार र समाज सबैको दायित्व भएको बताउँदै उनले लागुऔषध दुर्व्यसनीलाई कम गर्न सरकार संवेदनशील रहेको बताए ।