कोरोना विशेष

नेपालमा थप ४८७ जनामा कोरोना सङ्क्रमणको पुष्टि १ जनाको मृत्यु


काठमाडौँ — नेपालमा थप ४८७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार १७७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टीजेन विधिबाट २४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ । त्यस्तै १६४ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २९८ पुगेको छ । यता ३९ हजार ४४८ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।