अर्थनीति

नेपालको अर्थतन्त्र गम्भीर दुर्घटना उन्मुख, वल्र्ड बैंकको प्रतिवेदनलाई सरकारको वेवास्था (भिडियोसहित)


काठमाडौँ – अर्थविद्हरूले मुलुकको अर्थतन्त्र गम्भीर दुर्घटना उन्मुख हुन थालेको चेतावनी दिइरहदा बुधवार जारी भएको विश्व बैंकको प्रतिवेदनले पनि अर्थतन्त्र खस्कीदै गएको बतायो । तर दलगत राजनीतिमा व्यस्थ भएको सरकारले यसलाई गम्भीरता पूर्वक लिएको देखिदैन ।

नेपाली अर्थतन्त्रमा पछिल्लो समय खतराको संकेत देखिइरहेको छ । आयात बढेको छ । व्यापार घाटा बढेको छ । शोधनान्तर घाटा बढेको छ र महत्वपूर्ण कुरा विदेशी विनिमय सञ्चिति घटिरहेको छ । अर्कातिर सरकारको पुँजीगत खर्च हुन सकेको छैन । अर्थतन्त्रका सम्पूर्ण आयामहरू एक–अर्कोसँग सम्बन्धित भएकाले एकले अर्कोलाई प्रभाव पार्ने देखिन्छ । एक त नेपालको राजस्व निर्यातमा आधारित छ । जुन निकै गलत कुरा हो । तर, राजस्वमा आधारित राजस्व प्रतिस्थापन गर्न आन्तरिक उत्पादन बढाउनुपर्ने देखिन्छ । जुन तत्काल सम्भव छैन । यसको अर्थ आयातमा सरकारले लगाम लगाए त्यसको असर राजस्वमा देखिन सक्छ ।

अर्कातिर वस्तु आयातमा कडाइ गर्दा भाउ महँगो पर्न गई सस्तोमा वस्तु उपभोग गर्न पाउने अधिकारको समेत हनन हुने देखिन्छ । हुन त विदेशी विनिमय सञ्चिति घट्दै जाँदा त्यसका नतिजा निकै भयानक हुन्छन् । त्यसका अगाडि राजस्वमा केही संकुचन आउँदा र सस्तोमा वस्तु खपत गर्न नपाउँदा केही कम असर पर्ला, तर अर्थतन्त्रकोे एक सूचक नियन्त्रण गर्न खोज्दा त्यसको असर अर्कोतिर देखिने भन्ने निश्चितजस्तै भएको छ । तर अर्थमन्त्री भने अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना महामारी भएको बताउदै आएका छन ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सबै निकायको गल्तीका कारण नेपालको अर्थतन्त्रका सुचक नकारात्मक भएको बताउछन । सरकारले पुँजीगत खर्च गर्न नसक्दा बैंक हरुमा तरलता अभाव हुदा समग्र देशकै अर्थतन्त्र नकारात्मक हुदैगएको उनको तर्क छ । तरलता अभाव कम नभए अर्थतन्त्र स्लो डाउन हुने र ४ प्रतिशतको आर्थिक वृद्धि पनि हुनु नसक्ने गोल्छाको दावी छ ।

राजनीतिका अगाडि अर्थतन्त्र निरीह भएको जनताले महसुस गरेका छन । सरकारी निकायबाट हुने अर्थतन्त्रको अवस्थाबारेको प्रस्तुतीकरण यथार्थवादी देखिदैन । नेपालको आर्थिक वृद्धि दर ३ दशमलव ९ प्रतिशतमा सीमित रहने विश्व बैंक भनीरहे पनि अर्थमन्त्रीले अहिले पनि ७ प्रतिशतको आर्थिक वृद्धिदर हुन्छ भन्दै आधारहिन तर्क गरीरहेका छन । बास्तविक अर्थतन्त्रका सुचक भने निरन्तर ओरालो लागीरहेका छन । जसको प्रभाव आर्थिक वृद्धिदरमा देखिने निस्चीत प्राय छ ।