राजनीति

नेकपा एसमा वैचारिक नेताको खडेरी, मान्छे नपाएको ओलीको कटाक्ष (भिडियोसहित)


काठमाडौँ – नयाँ दल दर्ताको एक महिनापछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी)ले पदाधिकारी टुङग्याएको छ । तर अधिकांश दोस्रो र तेस्रो तहका नेताहरुको सहभागितारहँदा वैचारिक नेताहरुको भने खडेरी नै देखिएको छ ।

एमालेबाट विभाजित बनेको सवा एक महिनापछि माधवकुमार नेपालको दल नेकपा (एकिकृत समाजवादी)ले पदाधिकारीको टुङगो लगायो । तर चर्चा छ, अध्यक्ष नेपाल र महासचिव वेदुराम भूसाल बाहेकका वैचारिक र परिपक्क अनुहार पदाधिकारीमा देखिएनन् । हुनत पूर्वप्रधानमन्त्री समेत रहेकाव रिष्ठ नेता झलनाथ खनाल र कोर्डिनेशन केन्द्रबाटै संस्थापक नेताको पहिचान बनाएका मुकुन्द न्यौपाने पनि पदाधिकारीमा छन् । तर वैचारिक र सैद्धान्तिक हिसावले नेताहरुको अभावकै बीचनेपालले पदाधिकारीलाई टुङगोमा पु¥याएको विश्लेषण गरिएको छ । जसलाई एमाले अध्यक्षओलीले पदाधिकारी राख्नसमेत मान्छे नपाएको भन्दै व्यङग्य गरेका छन् ।

एमालेमा रहँदा केपी शर्मा ओली पक्षको दबदबाले माधव तिरका अधिकांश नेताहरु छायामा परेकाथिए । अध्यक्ष नेपाल, वरिष्ठ नेताखनाल,महासचिव भूसाल र सचिव रामकुमारी झाँक्री बाहेकका नेताहरु खासै जनताले चिनेको अनुहारहरु छैनन् । तल्लो तहमा सन्तोषजनक सहभागिता रहे पनि केन्द्रीय तहमा हेवी वेटको खडेरी देखिएको छ । फरक पार्टी बनाएपछि सीमित नेताहरुको उपस्थितिमा पदाधिकारीलाई टुङगोमा पु¥याए पनि दुःख त्याग गरेका असली अनुहार आफ्नै पार्टीमा भएको नेताहरुको दावी छ ।

एमाले अध्यक्ष ओलीको निषेधमा परेपछि पटकपटक पार्टी फुटाउन खोजेपनि४० प्रतिशत पु¥याउन निकै मूस्किल बन्यो । फलतःत्यसकै सुविधालाई मध्यनजर गर्दै सरकारभदौ २ मा २० प्रतिशत भए पार्टी फुटाउन मिल्ने गरि राजनीति कदल सम्बन्धी अध्यादेश ल्याएपछि एमालेबाट विभाजित हुन सहज भएको थियो । विभाजनभएको सवा महिनापछि पदाधिकारी टुङगीएसंगै अध्यक्ष नेपालले एमालेमाओलीले चलाएजसरी पार्टी नचलाउने दाबी गरेका छन् ।

अध्यक्ष नेपालले पूर्वप्रधानमन्त्री समेत रहेका खनाललाई वरिष्ठ नेतासहित दोस्रो वरियता दिएका छन् । मुकुन्द न्यौपानेलाई नेता मानेर तेस्रो वरियतामा राखिएको छ । सात उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्ती राई छन् । वेदुराम भुसाल महासचिव बन्दा प्रकाश ज्वाला, गंगालाल तुलाधर र विजय पौडेल उपमहासचिव छन् । यस्तै नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्र राई र रामकुमारी झाँक्री सचिवको जिम्मेवारीमा छन् । १८ सदस्यीय पदाधिकारी बन्दा ३५ सदस्यीय स्थायी कमिटी, ७१ सदस्यीय पोलिटब्यूरो र वैकल्पिकसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी संरचना पार्टीमा रहने छ । पदाधिकारीमा अधिकांश दोस्रो र तेस्रो तहका नेताहरुको पकडलाई सुखद मानिएको छ ।