Breaking

नेकपा ‘एस’को प्रथम केन्द्रीय परिषद् बैठक आज बस्दै


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)को प्रथम केन्द्रीय परिषद् बैठक आज बस्दै छ । 

आज प्रज्ञा प्रतिष्ठानमा बस्ने बैठक​मा ​पार्टीको देशभर भएका साङ्गठनिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने एक नेताले बताएका छन् ।

त्यसैगरी पार्टीका महासचिव डा. बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल गरिने कार्यक्रम छ ।

देशभरबाट करिब एक हजार ५ सय सहभागी हुने परिषद् बैठकको पार्टी अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्ने छन् ।