राजनीति

निर्वाचन आयोगद्वारा ठाकुर पक्षसँग लिखित जवाफ माग


काठमाडौँ – निर्वाचन आयोगले जसपा विवादमा महन्थ ठाकुर पक्षसँग लिखित जवाफ माग गरेको छ । असार ४ गते उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित आधिकारिकतासम्बन्धी विवाद निरुपण गरिपाउँ भनी निर्वाचन आयोगमा पत्र दिएपछि आयोगले उक्त दावीबारे महन्थ ठाकुर पक्षसँग लिखित जवाफ माग गरेको हो ।


आयोगको बैठकले यादव पक्षका दावीको विषयमा लिखित जवाफ पेश गर्न महन्थ ठाकुर पक्षलाई १५ दिनको सूचना दिएको छ । योसँगै निर्वाचन आयोग जसपाको आधिकारिकतासम्बन्धी विवाद निरुपणमा प्रवेश गरेको छ ।