Breaking

निर्वाचनका दिन मुलुकभर बर्षा हुने प्रक्षेपण


काठमाडौँ — जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर बर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पुर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् । बगांल को खाडी मा बैशाख २३ गते देखि उत्पन्न न्यून चापिय अवस्था आईतबारको दिन समुन्द्री आँधिको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पुर्व तयारी गर्न विज्ञहरुले सुझाएका हुन् ।

पछिल्लो विकसित प्रणालीबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायुविद् डाक्टर धर्मराज उप्रेतिले आसानी नाम दिईएको यस आँधि निकै तिब्र गति मा चलेको बताउनुभयो । सो आँधिको असर भारत को उडिसा लगाएत तटिय क्षेत्र मा बढी देखिने र नेपालमा भने बैशाख २८ गते देखि प्रभाव देखिने उहाँले बताउनुभयो । बैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन बर्षा हुने पुर्वअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापिय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उहाँले बताउनुभयो ।